नियम २५
निर्देशिका जारी गर्न सक्ने
(१) आयोगले आफ्नो काम कारबाही सुचारु रुपले सञ्चालन गर्नको लागि आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।
(१क) नेपाल सरकारले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्नको लागि आयोगसँग परामर्श गरी आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।
(२) उपनियम (१) वा (१क) बमोजिम जारी गरेको निर्देशिका सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।